free website hit counter

कलेजाेकाे राेगी थिए पाँचौं मृतक

beemaadmin
२०७७ जेष्ठ १५, बिहीबार

काठमाडौं । कोरोना परीक्षणको दायरा बढेसँगै संक्रमित पहिचान हुनेक्रम बढेको छ भने मृत्युको क्रम पनि पाँचौ जनामा पुगेको छ । ललितपुरको किस्ट अस्पतालमा निधन भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार अपरान्ह अस्पतालमा निधन भएका व्यक्तिमा कोरोनाको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको बताइएकोछ । अस्पतालका अनुसार मृतक ७५ वर्षका पुरूष हुन् । कलेजोका दीर्घ रोगका कारण पाटन अस्पताल पुगेका उनलाई त्यहाँ आइसोलेसन वार्ड नभए पछि किस्ट अस्पताल भर्ना गरिएको थियो । मृतकको शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार