free website hit counter

कुन प्रदेशलाई कति बजेट ? प्रदेश १ सबैभन्दा अगाडि

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय तहलाई दिने बजेट अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि ९० अर्ब रुपैयाँ स्थानीय तहलाई र प्रदेश सरकारलाई ५५ अर्ब रुपैयाँ १९ करोड रुपैयाँ बजेटको व्यवस्था गरेका छन् । प्रदेश र स्थानीय तहका लागि सरकारले रू ३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरेको छ । प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख, बागती प्रदेशले रू १४ अर्ब ८६ करोड ९८ लाख पाएको छ भने गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले रुपैयाँ १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले रुपैयाँ १४ अर्ब २१ करोड ८२ लाख पाएको छ ।

सम्बन्धित समाचार