free website hit counter

प्रत्येक नेपालीको आवश्यकता हो कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ २६, सोमबार

यसै पनि बीमा प्रत्येक क्षेत्रमा अत्यावश्यक हुँदैछ । त्यसमा पनि हालको कोरोना महामारीको आकर्षण जति बढेको छ त्यतिनै महत्व पनि छ । यस्तो महामारीको जोखिम बहन गर्ने सम्भवत नेपाल पहिलो देश हो र राज्यले पनि बीमालाई आफ्नो अंग मानेको छ । विदेशी बीमकहरुले पुनर्बीमा पनि गर्न नमोनको सन्दर्भमा स्वदेशी बीमकले थोरै बीमा शुल्कमा बढी जोखिम बहन गरिरहेका छन् । यस बीमामा प्रतिव्यक्ति बीमा गर्दा एक लाखको १००० र र पचार हजारको ५०० पर्दछ भने परिवारको सदस्य २ वा २ भन्दा बढी बीमा भएका क्रमशः ६०० र ३०० पर्दछ भने बीमा गरेको १५ दिनपछि मात्र जोखिम बहन गर्दछ । अझ यस बीमाको आकर्षण भनेको पीसीआर टेस्टमा पोजेटिभ देखिँदैमा बीमाङ्क रकम पाइन्छ । चाहे व्यक्ति सकुशल किन नहोस् ।
विविध कारणले गर्दा यस बीमा सबै नेपालीको पहुँचमा पुग्न जरुरी छ र अन्य दैनिक खर्च घटाई ऋण, सापटी गरेर भए पनि सबैले यस बीमामा सहभागी हुन जरुरी छ ।

– नायव महाप्रबन्धक, नेपाल इन्स्योरेन्स

सम्बन्धित समाचार