काठमाडौं । काठमाडौं उपत्यका खानेपानी बोर्डका वरिष्ठ वित्त अधिकृत एवं सर्जक रामचन्द्र ढकाललाई मातृशोक परेको छ । ढकालकी ८७ वर्षीया आमा यमकुमारी ढकालको काठमाडौंमा निधन भएको हो । मृतक ढकालका ६ सुपुत्र र दुई छोरी हुनुहुन्छ । बोर्डमा वरिष्ठ वित्त अधिकृत रामचन्द्र ढकाल काइलो छोरा हुनुहुन्छ । अन्य छोराहरुमा हरिप्रसाद, विनोद, सुभाषचन्द्र, सुबोध, सुरेन्द्र र छोरीहरुमा ईश्वरी न्यौपाने र इन्दिरा अर्याल हुनुहुन्छ । समाजसेवी एवं आँसु कविका रुपमा परिचित स्व। ढकाल करिब सात महिना अघिदेखि अल्जाइमर रोगबाट ग्रसित हुनुहुन्थ्यो । स्व। ढकालको मृतआत्मको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना अर्पण गर्दछौं ।