free website hit counter

प्रचण्डको दाबीप्रति खनिए कमल थापा

beemaadmin
२०७७ जेष्ठ ३१, शनिबार

काठमाडौं । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफलमा भाग लिँदै नेकपा अध्यक्ष प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग राजतन्त्रका समयमा गुमेको जिकिर गर्दै अहिले आफूहरु फिर्ता लिने अवस्थामा रहेको बताएपछि पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमला थापाले त्यसको प्रतिकार गरेका छन् । सामाजिक सञ्जालमा नेकपा अध्यक्षमाथि खनिँदै थापाले लेखेका छन्, राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायोूभन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो। १७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो। सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ। ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो। आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु।

सम्बन्धित समाचार