free website hit counter

कोरोना संक्रमित शव जोगाउनै मुस्किल

beemaadmin
२०७७ जेष्ठ ३१, शनिबार

एजेन्सी । हाम्रो देशमा कोरोना संक्रमितको मृत्यु हुँदा लासको व्यवस्थापनमा समस्या देखिइरहेको छ । कोरोना संक्रमित लास छुन कसैले नमानेपछि लासको व्यवस्थापनमा देखिएको भद्रगोल छताछुल्ल भइरहेको बेला इण्डोनेसियामा भने पछिल्लो समय कोरोना भाइरस संक्रमितका शवहरु अस्पताल तथा शवगृहहरुबाट चोरी हुने घटनामा वृद्धि भएको छ । पछिल्लो समय इण्डोनेसियामा संक्रमित मृतकको परम्परागत रुपमा अन्त्येष्टिका लागि आफन्तहरुले मृतकको शव चोरी गर्ने क्रम बढिरहेको छ । कोरोना सम्बन्धी कडा कानूनका बाबजुत पनि शव चोरीका यस्ता घटना बढेसँगै सरकारले अन्त्येष्टि स्थल तथा शवगृहहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ । इण्डोनेसियाको पछिल्लो कोरोना सम्बन्धी नियम अनुसार संक्रमित मृतकको लासलाई तत्कालै प्लास्टिकमा बेरेर छिटो भन्दा छिटो चिहानमा गाड्नु पर्दछ । यसो गर्दा मुस्लिमहरुको अन्त्येष्टि संस्कार पूरा गर्न सम्भव हुँदैन, जहाँ लासलाई गाड्नु अगाडि धुने गरिन्थ्यो । कोरोना कानूनका कारण आफ्नो धार्मिक आस्था बमोजिमको अन्त्येष्टि गर्न नपाउने भएका कारण पछिल्ला दिनमा सुलावेसी प्रान्तको मकास्सारका अस्पतालहरुमा शव खोस्नका लागि मृतकका आफन्तहरुको घुइँचो लाग्ने गरेको छ ।
शव चोरीको यस्ता घटनामा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरुलाई कानून उल्लंघनको अभियोगमा ७ वर्षको जेल सजायँ हुन सक्नेछ ।

सम्बन्धित समाचार