free website hit counter

यिनलाई के परेछ असारको १५ ?

beemaadmin
२०७७ जेष्ठ ३२, आईतवार

काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। तर यत्रो ऐतिहासिक दिनमा पनि ११ जना सांसद भने उपस्थित भएनन् ? उनलाई असारको १५ त्यस्तो के बित्दो थियो ? जसले उनीहरु यस्तो ऐतिहासिक अवसरबाट बञ्चित भए ? यो ऐतिहासिक अवसर गुमाउनेमा सत्तारुढ नेकपाकै ४, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका ३, राजपा ३ र समाजवादीका २ सांसद रहेका छन् । प्रतिनिधि सभामा २७५ सदस्सीय रहेको छन् । यद्यपि शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेपछि उनी संसदबाट बाहिरिएकी थिइन् । अफ्ताव आलम कर्तब्यज्यानको आरोपमा थुनामा छन् । रेशम चौधरी पनि टीकापुर प्रकरणमा जेलमा छन् । विजय गच्छदार र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् । सभामुख अग्निप्रसाद सापकोटाले निर्णायक अवस्थामा मात्र मतदान गर्नपाउने ब्यवस्था छ । २ सय ६९ मत संविधान संशोधनको पक्षमा पर्नुृपर्ने हो । तर ११ सांसदको मत नपरेको देखिन्छ ।सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार निलम्बित छन् । यस्तै सांसद सरिता गिरी भने बैठक बहिष्कार गरी बाहिर निस्किएकी थिइन् । उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्। सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन्। शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी- राजपा, गोपालबहादुर बम- नेकपा, दुलारी देवी खत्वेनी – राजपा, धनबहादुर बुढा- नेकपा, नागेन्द्रकुमार चौधरी-नेका, प्रमोद शाह – राजपा, शिवकुमार मण्डल- नेकपा, सूर्य नारायण यादव-समाजवादी, सूर्यबहादुर केसी-नेका, हरिबोल गजुरेल- नेकपा, ज्ञान कुमारी छन्त्याल-नेका अनुपस्थित रहेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार