free website hit counter

गायक प्रमोदलाई दोस्रो सन्तान पुत्रीलाभ

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । युवाहरुको ढुकढुकी बनेका सुमधुर स्वरका धनी लोकप्रिय गायक प्रमोद खरेललाई पुत्रीलाभ भएको छ । गायक खरेलकी धर्मपत्नी दीपा खरेलले गत जेठ २९ गते बिहिबार बिहान ८ बजेर ५० बजे ललितपुरको अलका अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । गायक प्रमोद खरेल सामाजिक सञ्जालमा लेखेका छन्, जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा लक्ष्मी को आगमन भएको छ । तर, भ्यान्टिलेटरमा ६ दिनको कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन् । तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉड्ने असीमित चाहना हुँदाहुँदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो । खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा, डा. शिव चालिसे , डा. गणेश शाहलगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं ।
यसअघि प्रमोद र दीपाको पहिलो सन्तान छोरा दिप्रव छन् । उनी ९ वर्षका छन् ।

सम्बन्धित समाचार