free website hit counter

प्रधानमन्त्रीको निर्णयपछि अनेरास्ववियू रुष्ट, गर्यो तालाबन्दी

beemaadmin
२०७७ असार ४, बिहीबार

विद्याकाठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको एकल हठ र निर्णयमा भएका नियुक्तिमा पार्टीको सहमति चाहिँदैन । डाक्टर दिव्या सिंह शाहलाई चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) को डीनमा नियुक्त गर्दा पनि त्यस्तै गरियो । डा. शाहको नियुक्तिपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ। शाहलाई आइओएमको डिन नियुक्त गरिएको विरोधमा बिहीबार अनेरास्ववियू क्याम्पस कमिटीले तालाबन्दी गरेको हो। बुधबार डाक्टर सिंहलाई डिन नियुक्त गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले डिनमा नियुक्त गरेको थियो। बरिष्ठता मिचेर राजनीतिक पहुँचकै आधारमा सिंहलाई डिन नियुक्त गरेको भन्दै विरोध भइरहेका बेला अनेरास्ववियूले तालाबन्दी गरेको हो।

सम्बन्धित समाचार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार