free website hit counter

एनआइसीका ग्राहकहरुको हुनेभो बीमा

beemaadmin
२०७७ असार ९, मंगलवार

काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकसँग खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको छ । उक्त संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा एनआइसी एशिया बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात एनआइसी एशिया बैंकमा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकहरुले बीमालेख बमोजिम नेको इन्स्योरेन्सबाट घातक रोग, स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार