free website hit counter

लकडाउन अवधिको शुल्क नलिनु : शिक्षा मन्त्रालय

beemaadmin
२०७७ असार ९, मंगलवार

काठमाडौं। कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन अवधिकाे शुल्क पनि लाजै नमानि लिने निर्णय निजी विद्यालयहरुको संगठन गरेपछि शिक्षा मन्त्रालयले सो अवधिको शुल्क नलिन निर्देशन दिएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै एनप्याब्सन र प्याब्सनले मागेको शुल्क नलिन निर्देशन दिएको हो। निजी विद्यालयका छाता संगठनले आइतबार अपील जारी गर्दै लकडाउन अवधिको शुल्क माग गरेका थिए। मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका २०७७ विपरित हुने क्रियाकलाप नगर्न निर्देशन दिएको छ। मन्त्रालयले जेठ १८ गते निर्देशिका जारी गरेको थियो । सरकारले असार १ गतेदेखि वैकल्पिक विधिका माध्यमबाट सिकाई क्रियाकलापका गतिवधि सञ्चालन गरेको छ। निजी विद्याललयले शुल्क मागेपछि नेविसंघ र अनेरास्ववियुले पनि त्यस्तो शुल्क नतिर्न अभिभावकलाई आव्हान गरेका थिए।

सम्बन्धित समाचार