free website hit counter

सुशान्तकाे संघर्ष अब पर्दामा

beemaadmin
२०७७ असार १२, शुक्रबार

मुम्बई । बलिउड नायक सुशान्त सिंह राजपुतको निधनले बलिउडमा ठूलै बहस सिर्जना गराएको छ । उनको निधन भएपछि उनको कथामा चलचित्र निर्माणको घोषणा हुन थालेको छ । जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । बलिउडमा राम्रो स्थान बनाइसकेका सुशान्तले आखिर किन आत्महत्याको बाटो रोजे, यो कुरा भने अझै पनि रहस्यमा छ ।
अहिले भने बलिउडका केही मेकरले सुशान्तको कथामा चलचित्र निर्माण सुरु गरेका छन् । निर्देशक सनोज मिश्रले सुशान्तको कथामा कथा लेख्न सुरु गरेका छन् । उनका अनुसार यो कथा सुशान्तको बायोपिक भने होइन । तर उनको जीवनीमा आधारित रहेर चलचित्र निर्माण हुनेछ । चलचित्रको नाम ‘सुशान्त’ राख्ने तयारी उनको छ । यो चलचित्रमा सपना पूरा गर्न मुम्बई आएको एक युवकको कथा समावेश गरिनेछ । तर सपना पूरा गर्दैगर्दा विभिन्न खालका ह्यारेसमेन्टका कारण आत्महत्याको बाटो रोज्ने युवकको कथालाई सनोजले पर्दामा उतार्ने तयारी गरेका छन् । यसभन्दा अगाडि सामिक मौलिकले सुशान्तकै कथामा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । उनले ‘सुसाइड और मर्डर’ नामक चलचित्र बनाउने बताएका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार