free website hit counter

ब्यूतिँदैछ बैंकास्योरेन्स, अभिकर्ताहरु असन्तुष्ट

beemaadmin
२०७७ असार १४, आईतवार

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकास्योरेन्स ब्युत्याउँने भएको छ । यो निर्णयसँगै बीमा अभिकर्ताहरु भने असन्तुष्ट देखिएका छन् । विकृति बढेको भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकास्योरेन्स बन्द गराएको थियो । बैंकका कर्मचारीहरूले इन्स्योरेन्सको कमिशनको लोभमा अफिसको काम छोडेर इन्स्योरेन्स मात्रै गर्न थालेको आरोप लाग्ने गरेको थियो ।बीमा पोलिसी विक्रीबाट मासिक ढेड दुई लाख आम्दानी हुने भएपछि बैंकका कर्मचारीहरूले बैंकास्योरेन्सको नाममा बेतिथि बढेको भन्दै राष्ट्र बैंकले रोकेको हो ।
वाणिज्य बैकहरूको चर्को लबिङ र बीमा कम्पनीहरूको गुनासो बढेपछि राष्ट्र बैंंकले बैंकास्योरेन्समा पुनरावलोकन गरी ब्युत्याउँने तयारी गरेको हो । बीमा कम्पनीहरूबाट गुनासो आएपछि बैंकास्योरेन्सको विषयलाई पुनरावलोकन गर्ने सन्दर्भमा छलफल भइरहेको छ तर निर्णय भने भइसकेको छैन् । पछिल्लो समय बैंकास्योरेन्सको व्यवस्थालाई नियमन गर्ने निकायको दायरामा ल्याएर बीमा कम्पनीहरूलाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा राष्ट्र बैंक पुगेको छ । नियामक निकाय बीमा समितिका अध्यक्ष चिरन्जिवी चापाँगाई पनि बैंकास्योरेन्सकै पक्षमा छन् ।

बीमा अभिकर्ताहरुको असन्तुष्टि
अभिकर्तामा आधारित बीमा व्यवसायलाई धरासायी पार्न खोजेको भन्दै बीमा अधिकर्ताहरु असन्तुष्ट देखिएका छन् । नेपाल राष्ट्र बैंकले गत वर्षदेखि खारेज गरेको बैंकास्योरेन्स यस पटकदेखि पुनः खुल्ला गर्ने सम्बन्धमा छलफल अघि बढाएपछि बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा समेत जुटेका छन् । असफल र गलत भनेर खारेज गरिएको बैंकास्योरेन्स पुनः सुचारु गर्न चलखेल भएको आरोप पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले लगाएका छन् । देशैभरिका करिब पाँच लाख अभिकर्ताको रोजी रोटी खोस्ने र अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित गएर बैंकास्योरेन्स खुल्ला गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने अध्यक्ष तिवारीले बताएका छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार