free website hit counter

तन्दुरी चिकेन टिक्का (Chicken Tandoori Tickka)

beemaadmin
२०७७ असार १९, शुक्रबार

घरैमा स्वादिष्ट परिकार बनाएर खान सकिन्छ । मात्रै आइडिया नभएर मात्रै हो । त्यसैले हामीले खानाका परिकार बनाउने तरिका र रेसिपी यहाँ प्रस्तुत गरेका छौं ।

आवश्यक सामग्री
चिकेन हड्डी नभएको आधा केजी
फ्रेस क्रिम दुई चम्चा
कागती रस दुई चम्चा
गरम मसला एक चम्चा
जिरा पाउडर आधा चम्चा
अदुवा, लसुन पेष्ट आधा चम्चा
दही पनिर छानेको आधा कप
तेल एक चम्चा
नुन, खुर्सानी स्वाद अनुसार
चिकेन तन्दुरी मसला आधा चम्चा
प्याज एक पिस
केपसिकम एक पिस
टमाटर एक पिस

Advertisement
Advertisement


बनाउने बिधि

Advertisement
Advertisement

चिकेनको सानो–सानो पिस गरेर नुन, कागती रस, अदुवा, लसुन पेष्ट, हल्का खुर्सानी, नुन स्वादअनुसार हालेर मोलेर करिब एक घण्टा राख्ने । त्यसपछि दही, क्रिम, अदुवा, लसुन पेष्ट, मसला, नुन, खुर्सानी, तन्दुरी मसला, तेल, खाने रङ हालेर मसलाको घोल बनाउने र चिकेन त्यसमा मोलेर दुई घण्टासम्म राख्ने । प्याज, केपसिकम, टमाटरको बियाँ फालेर डाइस काटेर चिकेनमा मिलाएर राख्ने । अब कुनैै फलामको सरियामा चिकेन, प्याज, टमाटर, केपसिकम एक–एक गरेर उनेर १५ मिनेटसम्म तन्दुरीमा पकाउने । चिकेन खैरो–खैरो हुन थालेपछि बाहिर निकालेर हल्का वटर लगाएर फेरि तन्दुरीमा पाँच मिनेटजति पकाएर बाहिर निकाल्ने । यसरी पकाइसकेपछि सलाद, चाट मसला, धनियाँ र पुदिनाको चट्नीको साथ दिने ।

सम्बन्धित समाचार