free website hit counter

अब एक घण्टामै आउँछ कोरोनाको रिपोर्ट

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निस्कने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब नमूना भेटेको एक घण्टामा रिपोर्ट दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षणको रिपोर्ट निकाल्न सकिने प्रयोगशालाले जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाकाअनुसार दिनभरीमा भने ८ देखि ९ जनाको मात्र परीक्षण गर्न सकिने भएकाले उक्त मेसिन प्रदेशस्तरमा पठाइने छ । ‘चीनबाट ५ वटा नयाँ पीसीआर मेसिन आएको छ, यसले एक घण्टामा एउटा र दिनभरीमा ८ देखि ९ वटा केश परीक्षण गर्न सक्छ । उनले उक्त मेसिनको धेरै क्यापसिटी नहुने भएकाले मासमा वा धेरै जनाको परीक्षण गर्नुपर्दा भने धेरै काम नदिने बताइन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार