काठमाडौं । कोरोना नियन्त्रणका लागि कफ्र्युसम्म लगाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ । सरकारले कोरोना भाइरस संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका लागि कर्फयु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले उच्च संक्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको हो ।