free website hit counter

अभिकर्ता बन्ने अवसर, आईजीआईले तालिम संचालन गर्दै

beemaadmin
२०७९ माघ १९, बिहीबार

काठमाडौं । अभिकर्ता भई काम गर्न चाहाने ईच्छुकका लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । माघ २५ गतेदेखि २७ गतेसम्म तालिम सञ्चालन हुँदैछ । तालिम लिन इच्छुकले नेपाली नागरिकताको फोटाकपीको प्रतिलिपी, शैक्षिक गोग्यताको प्रमाणपत्र, हालसालै खिचाइएको फोटोकपी, उद्धोष पत्र, स्थायी लेखा नम्बर र तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र कार्यालयमा निवेदन सहित आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।
उक्त तालिम कम्पनीको प्रधान कार्यालय नाराणचौर नक्साल काठमाडौंमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनेछ । तालिममा ५० जनाभन्दा बढी सहभागी नराउने भएको हुँदा इच्छुकले यथाशिग्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार