free website hit counter

अमेरिका आक्रामक, लगायो ग्रिनकार्ड र विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

beemaadmin
२०७७ बैशाख १०, बुधबार

एजेन्सी । कोरोना भाइरुसको संक्रमण उच्च रुपमा भइरहेको र ठूलो मानवीय क्षति व्यहोरेको अमेरिकाले ६० दिनका लागि अन्य देशका नागरिकलाई प्रवेश नदिने भएकोछ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकी नागरिकलाई ध्यानमा राख्दै अन्य देशका नागरिकलाई अमेरिका प्रवेशमा ६० दिनको अस्थायी प्रतिबन्ध लगाएका हुन् । साथै, ट्रम्पले अमेरिकी प्रशासनले ६० दिनका लागि ग्रीनकार्ड जारी नगर्ने पनि जानकारी दिएका छन् ।

ग्रीनकार्डमाथिको प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पार्दै उनले भने, सुरुमा अमेरिकी कामदारलाई ध्यानमा राख्नुपर्छ । उनले भने, कोरोनाभाइरस संक्रमणको प्रभाव र आफ्ना देशवासीलाई बचाउने अभियानमा अहिलेसम्म लाखौं अमेरिकीहरुको जागिर गुमेको छ । तसर्थ अमेरिकीलाई पुनः जागिर र कामको सुनिश्चित गर्नु सरकारको नैतिक कर्तव्य हो । ट्रम्पले थपे, अमेरिकी नागरिकको साटो प्रवासीलाई जागिर दिँदा यो ती अमेरिकीमाथि सरासर गलत र अन्याय हुनेछ जसको जागिर यो भाइरसका कारण गुमेको छ । हामी आफ्ना अमेरिकी कामदारलाई बचाउन चाहन्छौं र मलाई लाग्छ हामी जसरी अघि बढ्छौं हामी उनीहरुप्रति थप रक्षात्मक हुँदै जानेछौं ।
ट्रम्पले उक्त प्रतिबन्धबारे पुनर्मुल्याङ्कन गर्ने र आवश्यक पर्दा यसलाई ३० दिन वा सोभन्दा बढीका लागि पनि बढाउन सकिने बताएका छन् । प्रवासी किसानसँग जोडिएको एक प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यो आदेशको असर किसानमाथि हुनेछैन ।

व्यापार युद्धको बीचमा कोरोना छिराइयो : ट्रम्प
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस फैलिएको समयबारे कुरा गरेका छन् । ट्रम्पले भने, ‘कोरोना भाइरस यस्तो समयमा फैलिएको हो जब चीनसँग व्यापारयुद्ध सुरु भएको थियो । उनले चीनमाथि आफूजस्तो कडा नीति कसैले पनि नअपनाएको बताएका छन् । उनले भने, थाहा छैन, अचानक बीचमा कहाँबाट यो अदृश्य दुश्मन आयो । मलाई लाग्छ कि यो कहाँबाट आयो हामीलाई थाहा छ । हामी यो बारेमा कुरा गर्नेछौं । सायद धेरै नै ।

सम्बन्धित समाचार