free website hit counter

अमेरिकामा एकैदिन ४ सयको ज्यान गयो

beemaadmin
२०७६ चैत्र १५, शनिबार

एजेन्सी। कोरोना संक्रमणका कारण अहिले विश्व नै आक्रान्त छ । चीनको बुहानबाट शुरु भएको कोरोनाको आतंक विश्वव्यापी बनिसक्दा अहिले स्पेन, इटाली र अमेरिका सबैभन्दा बढी चपेटामा छन् । अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ । त्यस्तै शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ । अमेरिकाले कोभिड–१९ को असर अर्थतन्त्रमा न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस अप्रिल १२ सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।
अहिलेसम्म कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या ५ लाख ९६ हजार नाघिसकेको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार