free website hit counter

असन्तुष्टहरु फेरि इक्यानमा फर्किए

beemaadmin
२०७६ पुष १५, मंगलवार

काठमाडौं । गत निर्वाचनमा अध्यक्ष पदमा विष्णुहरि पाण्डेसँग पराजित भएपछि बाहिरिउका अधिकांश शैक्षिक परामर्श व्यवसायीहरु इक्यानमा फर्किएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बाट छुट्टिएर नयाँ संघ स्थापना गरेका सरोजकुमार बस्नेतसहित ४० जनाको समूह फेरि इक्यानमा फर्किएका हुन् ।

नयाँ संघ स्थापना गरे पनि त्यहाँ समेत बैचारिक द्वन्द्व फैलिएपछि एक वर्ष नपुग्दै पुरानै ठाउँमा व्यवसायीहरु फर्किएका हुन् । बस्नेतसँगै सबै इक्यानका सदस्यहरुलाई अध्यक्ष पाण्डेलगायतको कार्यसमितिले इक्यानको कार्यालय डिल्लीबजारमा स्वागत गर्यो । बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी दिइएको छ । नयाँ सबै सदस्यले प्रमाण पत्र समेत ग्रहण गरे । ठूलो टिमलाई एकैसाथ स्वागत गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।

महासचिव शेषराज भट्टराईले उहाँहरु केही समय भ्याकेसनमा जानु भएको भन्दै फेरि फर्किएर घर आउनु भयो भन्दै स्वागत गरेका थिए । सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।

सम्बन्धित समाचार