free website hit counter

असार २४ बाट अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्ने

beemaadmin
२०७९ असार १४, मंगलवार

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल १५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ। बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा र सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि। अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा आउँदो साउन ६ गतेसम्म आवेदन दिन दिन पाइनेछ। अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार