free website hit counter

असोजको बाढीपहिरो झण्डै १२ अर्बको बीमा दाबी

beemaadmin
२०८१ मंसिर ४, मंगलवार

काठमाण्डौ । गत असोजको ११ र १२ को अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण बीमा कम्पनीहरुमा ११ अर्ब बढीको बीमा दाबी परेको छ । उक्त प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिका लागि ११ अर्ब ८२ करोड ६ लाख ११ हजार रुपैयाँबराबरको दाबी परेको छ । ३ हजार ४१८ वटा निवेदनमार्फत उक्त रकमबराबरको दाबी परेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार कुल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड ७ लाख ९३ हजार ३८७ बराबरको दाबी भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा ५०१ दाबीका आवेदन परेका छन् । यस्तै दि ओरिएन्टल इन्स्योरेन्समा १७६, सगरमाथा लुम्बिनीमा ३७७, हिमालयन एभरेष्टमा २४३, नेकोमा २१९, युनाइटेड अजोडमा ३२३, सानिमा जिआइसीमा २१७, आइजिआई प्रुडेन्सियलमा २९६ दाबी परेका छन् । त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा १७२, नेपाल इन्स्योरेन्समा १७६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार–चार वटा दाबी परेको छ । यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ७ दाबी निवेदन परेका छन् । प्राधिकरणका अनुसार कुल दाबीमध्ये ९०२ वटाको भुक्तानी भईसकेको छ । कुद दाबीमा ८ अर्ब ७५ करोड ८७ लाख ५१ हजार रुपैयाँबराबरको १ हजार ६५३ वटा सम्पत्ति बीमा दाबी परेको छ । जसमा ४६ करोड ७० लाख ९७ हजार रुपैयाँबराबरको ३९८ वटाको भुक्तानी भएको छ । यस्तै इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०४ वटा दाबी परेका छन् । मोटर बीमा निजीतर्फ ८८७ दाबी परेकामा २८० को ६ करोड १६ लाख ९७ हजार ५८७ भुक्तानी भएको छ । मोटर बीमा सार्वजनिकतर्फ ३५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड २ हजार १७७ बराबरको भुक्तानी भएको छ । पुशपन्छी बीमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार ८५४ मात्रै भुक्तानी भएको छ । त्यस्तै, सामुद्रिक बीमा २२ को दाबी पर्दा २ वटाको भुक्तानी भएको छ । कृषिबाली बीमातर्फ १३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा ७ को भुक्तानी भएको छ । प्राधिकरणका अनुसार कोसी प्रदेशमा २५१, मधेसमा १०१, बाग्मतीमा २ हजार ९६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।

सम्बन्धित समाचार