एजेन्सी । कोरोना संक्रमितलाई सबै देशमा सरकारले निःशुल्क उपचार गरे पनि अस्पतालमा बस्नै नमान्ने रोग नेपाल, भारत पाकिस्तान जस्ता देशमा छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को उपचारकै क्रममा भाग्ने एक जनाको मृत्यु भएको छ । प्रहरीले उनलाई फेला पारेर पुनः अस्पतालमा भर्ना गरेपनि उनको मंगलबार मृत्यु हुन पुगेको हो । गाजियावादस्थित अस्पतालबाट भागेको केही दिनमै उनलाई प्रहरीले फेला पारेर बरेली अस्पतालमा लगेपनि उनको मृत्यु हुन पुगेको समाचारमा जनाइएको छ । यी व्यक्ती दिल्लीमा सिलाई–कटाईको काम गर्थे । कोरोना संक्रमणपछि उनलाई सुरुमा गाजियावादस्थित अस्पताल भर्ना गरिएको थियो, जहाँबाट भागेर उनी आफ्नी बहिनी भएको ठाउँ पुगेका थिए ।
अस्पतालबाट भागेको जानकारी पाएपछि प्रहरीले प्रहरीले उनीविरुद्ध विरुद्ध संक्रामक रोग ऐन उल्लंघनबारे एफआईआर दर्ता ग(यो, अनि पक्राउसँगै उपचारका लागि बरेली पठाइदियो । बरेली अस्पतालमा मंगलबार मृत्यु भएका यी पुरुष अन्दाजी ४५ वर्षका थिए । दुई दिनअघि मात्रै यहाँ उनलाई भर्ना लिइएको थियो, अस्पतालका चिफ मेडिकल अफिसर यसपाल सिंहले भने ।