free website hit counter

आइएमई जनरल सबै सूचक वृद्धि

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा आईएमई जनरल इन्स्योरेन्सले ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३.७१ प्रतिशत अर्थात ८० लाख २८ हजार रुपैयाँले बढी हो । गत वर्षको दोस्रो त्रैमास सम्ममा इन्स्योरेन्सले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४ करोड १६ लाख रुपैयाँले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै पुर्नबीमा कमिशन वापत ८ करोड ९ लाख, लगानी कर्जा तथा अन्य आयवाट १ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ, बीमा कोषमा २८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ५१ हजार ३१३ वटा बीमालेख जारी गरी ६७ करोड ५४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ४ हजार ४४० बीमालेख नवीकरण भएका छन् । यस अवधिमा कम्पनीले १ हजार ८६९ कुल दाबी वापत २२ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७९८ दाबी वापत ७६ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार