free website hit counter

आइएमई लाईफको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई

beemaadmin
२०८१ भाद्र १०, सोमबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेश अमात्यले पाएका छन् । आइएमई लाइफमा गत साउनबाट अमात्य नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए । नायब प्रमुख कार्यकारी अमात्यलाई कम्पनीको सञ्चालक समितिले अर्को निर्णय नहुँदासम्मका लागि निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो । प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल भदौ ६ गते सकिएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको हो । आइएमई लाईफमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर चार वर्षे कार्यकाल पुरा गर्ने उनी एक मात्र प्रमुख कार्यकारी हुन् । यसअघि कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औँ बैठकले थप चार वर्षका लागि फुयाँलको कार्यकाल समय थप गर्ने निर्णय गरेको थियो । उनको करार सम्झौता नविकरणका लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति समेत दिई सकेको थियो । फुयाँलले व्यक्तिगत कारण देखाएर राजीनामा दिएर बाहिरिएका हुन् । सञ्चालक समितिले केही दिन अघि मात्र नायब प्रमुख कार्यकारी अधिकृतमा आइएमई लिमिटेडका खिलेन्द्र पौडेललाई भित्र्याएको थियो । आइएमई लिमिटेड र जिएमइको मर्जरपछि आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएर आइएमई लाइफमा प्रवेश गरेका हुन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार