free website hit counter

आइसियु र भेन्टिलेटरमै छन् ३ सय ५६ जना संक्रमित

beemaadmin
२०७७ कार्तिक ५, बुधबार

काठमाडौं । संक्रिय संक्रमितको संख्या ४४ हजार नाघिसक्दा जटिल अवस्थामा पुगेका विरामीको संख्या पनि बढेको छ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र २६९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५२ जना आइसियु र ५९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियु र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ३ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन्।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार