free website hit counter

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेता घिमिरे सम्मानित

beemaadmin
२०८२ असार २०, शुक्रबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१–०८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’ मा पुग्न सफलहनु भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले पहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गर्नु भएको थियो । सो अवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरेको छ । आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रममा घिमिरेका श्रीमान तथा परिवारका सदस्यहरुलाई समेत उपस्थिति गराइ हौसल्ला प्रदान गरिएको थियो । सो कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले यो सम्मान केवल ‘एभरेष्ट क्लब’ मात्र नभइ जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको सम्मान हो । कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको छ र यसले सम्पूर्ण अभिकर्ताहरुलाई अझ ऊर्जावान र प्रेरित बनाउनेछ भन्दै आफ्ना भनाइहरु राख्नुभयो ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार