free website hit counter

आईएमई लाइफद्वारा एएमएल/सीएफटी तालिम सम्पन्न

beemaadmin
२०७८ पुष १४, बुधबार

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियायाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सुर्खेतमा सम्पन्न गरेको छ।
यही पुस ७ देखि ९ गतेसम्म भएको तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने, सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाकांकको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा अन्डरराइटिङ प्रमुख सुदिप राणाबाट विस्तृत जानकारी दिइएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, हेड एजेन्सी बिजनेस कर्मराज पौडेल, लुम्बिनी र कर्णली प्रदेशका प्रमुख प्रेम तिमल्सिना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाघन विभाग प्रमुख मनोज चौधरीलगायतको तालिममा सहभागिता थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार