free website hit counter

आईपीएलमा नअटाएपछि खेलाडीले गरे आत्महत्या

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

मुम्बई। मान्छेको चित्तमा सानो चोट परे पनि जीवनदेखिन निराशा जाग्छ र जीवन नै त्याग्न सक्छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो नाम नपरेपछि मुम्बईका एक क्लब क्रिकेटरले आत्महत्या गरेका छन। २७ बर्षीय करण तिवारीले सोमबार राति मालाडा स्थित उनको घरको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
मिड–डे रिपोर्टका अनुसार करणको साथीले आईपीएलमा खेल्ने मौका नपाएकोमा उनी उदास भएको बताएका छन। यसैबीच प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरेको जनाएको छ।
तिवारीले मुम्बई स्थित वानखेडे स्टेडियममा आइपीएलका केही टोलीहरूका लागि नेटमा बलिङ गरेका थिए। उनी राज्यको टोलीमा स्थान बनाउने प्रयासमा रहेका थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को नियम अनुसार राज्य टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीले आईपीएल लिलामीमा भाग लिन सक्ने नियम रहेको छ । रिपोर्टका अनुसार तिवारीले आफ्नो साथीलाई आत्महत्या गर्ने बारेमा जानकारी दिएका थिए र उनको साथीले तिवारीकी बहिनीलाई खबर गरे। तिवारीकी बहिनीले आफ्नी आमालाई खबर गरिन, तर त्यतिखेर सम्म ढिलो भइसकेको थियो र उनी अस्पताल पुग्नु अघिनै मृत घोषित भईसकेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार