free website hit counter

आईपीओ जारी गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स

beemaadmin
२०८२ बैशाख १०, बुधबार

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले दोस्रो साधारणसभा डाकेको छ । सभा जेठ १ गते महाराजा रिसोर्ट, रुपन्देहीमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । सभाले आईपीओ जारीको प्रस्तावसँगसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवका सबै वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिको बैठकले नियक्तु गरेका सञ्चालकलाई अनुमोदन गर्ने काम पनि सभाले नै गर्नेछ। कम्पनीले सभा प्रयोजनार्थ वैशाख २५ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । त्यसैले वैशाख २४ गतेसम्म कायम रहने शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार