free website hit counter

आकाशबाटै फर्कियो सेनाको स्काइ ट्रक

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । कोरोनाविरुद्ध लागेको नेपाल सरकारले लकडाउनको समयावधि मात्रै लम्ब्याएको छैन उडानमा लगाएको प्रतिबन्ध समेत थप गरेर कोरोनाको संक्रमण फैलिन नदिन हरसम्भव प्रयास गरिरहेको छ । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पनि ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको बताइएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार