free website hit counter

आज कुन कुन जिल्लामा थपिए संक्रमित

beemaadmin
२०७७ असार २३, मंगलवार

काठमाडौं । विश्वलाई आतंकित बनाएको कोरोना नेपालको सबै जिल्लामा पुगिसकेको छ । दिननिदनै जसो संक्रमितको संख्या थपिने क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा २ सय ४ थपिएसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो। यसअघि सोमबार १ सय ८० संक्रमित भेटिएका थिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ र महोत्तरीका ९ जनामा कोरोना भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाम र बैतडीका ११–११, डोटीका ७, गोरखा, काठमाडौं र सिन्धुलीका १–१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । गत २४ घन्टामा गरिएका परीक्षणमध्ये किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा मकवानपुरका २, धुलिखेल अस्पतालमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको छ। यस्तै, पाटन अस्पताल ललितपुरमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १÷१, सर्लाहीका ३, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १र१ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement
Advertisement

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका १, बागलुङका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका दुई जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २, सल्यान र सुर्खेतका ५र५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुर्खेतका ३, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका ६ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घन्टामा ६ हजार १ सय ३३ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ। योसँगै कुल पिसिआर परीक्षणको संख्या २ लाख ६१ हजार ८ सय ६१ पुगेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार