free website hit counter

आज चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड, १ लाखले पाउँदा ११ लाख रित्तै

beemaadmin
२०७७ माघ ९, शुक्रबार

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँड गरिँदैछ । बिहान साढे १० बजे कम्पनीको आईपीओ बाँडफाँड गर्न लागिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।आईपीओ बाँडफाँड काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा हुनेछ। कम्पनीको आइपीओमा माग भन्दा १७.५३ बढीको आवेदन परेको छ । कम्पनीको शेयरमा उच्च आवेदन परेकोले यस कम्पनीको शेयरमा आवेदन दिएका योग्य आवेदनकमध्ये नै ११ लाख १२ हजार ३३६ जनाको हात खाली हुने भएको छ।
कम्पनीको आईपीओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न गरेको हो ।
कम्पनीको शेयर कम्तीमा १० कित्ता प्रतिव्यक्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् भने बाँकी २ कित्ता १० कित्ता भन्दा बढि आवेदन दिनेहरुमध्येबाट गोलाप्रथाद्धारा दुई जनामा वितरण गरिने छ ।आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार