काठमाडौं । कोरोना संक्रमित थपिने क्रमसँगै ९ हजार २६ जनामा संक्रमण भइसहेको छ । आज थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या ९ हजार २६ जनामा संक्रमण हुनुका साथै २३ जनाको मृत्यु भइसकेको छ। पछिल्लो पटक गुल्मीका एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालाबाट ६ हजार ८ वटा स्वाबको आरटी (पीसीआर पद्धतिबाट परीक्षण गरिएकोमा त्यसमध्ये ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पताल प्रयोगशालामा झापाका ६ जना, उदयपुरका ५, मोरङका २ र सुनसरीका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर देवकोटाले जानकारी दिए।
त्यस्तै प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा धनुषाका ८, महोत्तरीका २ र सप्तरीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ३ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका १६ जना, डडेलधुराका १४ र डोटीका १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै टेकुमै गरिएको परीक्षणमा सिराहाका ५२ जना, नवलपरासी पश्चिममा २१ जना, प्युठानका २० जना, कपिलवस्तुका ११ जना, सर्लाहीका ५ जना र रामेछाप, रुपन्देही र नुवाकोटका एकरएक जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै शुक्राराज ट्रपिकल अस्पताल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ललितपुरका १ र पाल्पाका २ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका ४९ जनामा संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका २३ जना, कास्कीका १ जना र स्याङ्जाका १० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै संक्रमण पुष्टि हुनेमा मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २, तनहुँका ४ र पर्वतका २ जना रहेका छन्।
त्यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १४ जना, अर्घाखाँचीका ९ जना गुल्मीका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै नवलपरासी पश्चिमका १ जना, पाल्पाका २ र रुपन्देहीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै भेरी अस्पताल प्रयोगशालामा बाँकेका १ बर्दिया र रोल्पाका ३र३ जनामा पनि संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० जना र रोल्पाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।
सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १, सल्यानका ६ र सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २, बैतडीका ३ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ र कञ्चनपुरका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज संक्रमण पुष्टि भएका मध्ये ६४ महिला र ३५७ पुरुष रहेका छन्। हालसम्म कुल संक्रमित ९ हजार १६ जनामध्ये ८२० महिला र ८ हजार २०६ पुरुष रहेका छन्। हालसम्म संक्रमितमध्ये सात हजार २३१ जना आइसोलेसनमा रहेका छन् भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन्। आज मात्रै १९४ जना संक्रमित डिस्चार्ज भएका हुन्।