free website hit counter

आज पनि बढ्यो सुन, नायाँ रेकर्ड बनाउँदै

beemaadmin
२०७८ फाल्गुन २३, सोमबार

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य नयाँ रेडर्क बनाउने अवस्थामा पुगेको छ । साताको दोस्रो दिन, सुनको मूल्य बढेर अलटाइम हाइ नजिक पुगेको छ। आइतबार प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन १ हजार १०० रुपैयाँ बढेर १ लाख ३ हजार पुगेको छ। यो हालसम्मको उच्च मूल्यभन्दा ५०० रुपैयाँ मात्र कम हो। छापावाल सुनको मूल्य २०७७ साउन २३ गते हालसम्मकै उच्च अर्थात १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्न पुगेको हो। सोमबार तेजाबी सुनको मूल्य भने १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार