काठमाडौं । सुनको मूल्य बढ्ने भन्दा पनि घट्ने क्रममा अघि बढेको छ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४०० ले घटेको छ । बुधबार सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । मंगलबार छापवाला सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८५ हजार १५० रुपैयाँ मा कारोबार हुनेछ । मंगलबार तेजाबी सुन तोलामा ८४ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज २० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ११५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।