काठमाडौं । कोरोना आतंक र लगातारको लकडाउनका कारण केही शाखा केही समय मात्रै खोल्दै आएका बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि एकतिहाई कर्मचारीले मात्र काम गर्नेगरी सबै शाखा सञ्चालन गर्ने भएका छन् । सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो सञ्चालन गर्दै आएका थिए ।