free website hit counter

आर्थिक हिनामिनामा परेका कर्मचारी अब कुनै पनि जीवन बीमामा जान नपाउने

beemaadmin
२०७७ आश्विन ६, मंगलवार

काठमाडौं । नेपाल जीवन बीमक संघले नेपालका सबै १९ वटै जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि आचारसंहिता बनाउने तयारी गरेको छ । व्यवसायलाई मर्यादित बनाउन आचारसंहिता लागू गर्न लागिएको बताइएको छ ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा कर्मचारीहरुको ओहोरदोहोर बढेपछि जीवन बीमक संघले आचार संहिताद्वारा व्यवस्थित खोजेको हो । आचारसंहिता उल्लंघन गर्नेहरु माथि कस्तो कारवाही गर्ने भन्ने सम्बन्धमा पनि छलफल भएको छ ।

संघले आचारसंहिताको मस्यौदा बनाएर छलफल समेत सुरु गरिसकेको बताइएको छ । जीवन बीमा कम्पनीहरुमा सुशासन कायम गर्न तथा रचनात्मक र नतिजामुखी परिणाम दिन आचार संहिता लागू गर्न लागिएको जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताएका छन् । केही चरणको छलफलपछि १९ वटै बीमा कम्पनीका सिईओहरुको सहमतिमा आचारसंहिता लागू हुनेछ ।

पछिल्लो पटक जीवन बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीदेखि तल्ला तहका कर्मचारीहरु समेत पद र आर्थिक प्रलोभनमा परेर कम्पनी चहार्ने क्रम बढेपछि आचार संहिताले एउटा मापदण्ड बनाउन लागिएको हो । असोज १ गते बसेको बीमक संघको बैठकमा आचार संहिताको मस्यौदामाथि प्रारम्भिक छलफल भएको छ ।

कम्पनी र कर्मचारीहरुलाई अधिकतम छ वटा आचार संहिताले बाँध्ने प्रस्ताव गरिएको छ । प्रस्तावित आचार संहितामा अधिकृत वा सो भन्दा माथिका कर्मचारीको लागि राजिनामा स्वीकृत भईसकेपछि एक महिना कुलिङ समय राख्ने प्रस्ताव राखिएको छ भने राजिनामा स्वीकृत नभएको अवस्थमा राजिनामा दिएको ४५ दिनपछि मात्रै नयाँ कम्पनीमा जान पाइने प्रावधान तय गरिएको छ ।

यसैगरी कर्मचारीहरुको कार्य अनुभवको आधारमा दुई वर्षभन्दा कम कार्यअनुभव भएका कर्मचारीहरुलाई सोही पदमा मात्रै अर्को कम्पनीले नियुक्त गर्ने पाउने छ भने दुई वर्षभन्दा बढि काम गरिसकेको अवस्थामा मात्रै एक तह बढुवा गरी नियुक्त गर्न पाउने प्रस्ताव गरिएको छ । अधिकृत भन्दा तल्लो तहका कर्मचारीलाई कुलिङ समय नराखिए पनि राजिनामा दिई बुझबुझारथ गरी क्लीयरेन्स लिएपछि वा छोडेको कम्पनीमा राजिनामा दिएको १५ दिनपछि मात्रै नयाँ कम्पनीले नियुक्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । आर्थिक हिनामिना गरेको प्रमाणित भई कारवाहीमा परेका कर्मचारीहरुलाई कुनै पनि जीवन बीमा कम्पनीहरुले नियुक्ती दिन पाउने छैन।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार