free website hit counter

उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा

beemaadmin
२०८१ आश्विन १२, शनिबार

काठमाण्डौ । सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन रकम निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुध तथा उखु किसानका लागि झण्डै २ अर्ब रुपियाँ निकास गरिएको मन्त्रालयले जनाएको छ । दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ । कृषि मन्त्रालयले जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोडभन्दा बढी रकम रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको जनाएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबारनै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार