free website hit counter

उत्कृष्ठ २५ व्यवसायी सम्मानित

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने २५ उत्कृष्ट उद्योगी व्यवसायीलाई सरकारले सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रमबीच व्यवसायीहरुलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)द्वारा सम्मानित गरिएको हो ।

मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिएका आधारमा प्रदान गरिएको सीआईपी सम्मानद्धारा व्यवसायी चन्द्र ढकालसहित उद्योगी पवन गाल्यान, निर्वाण चौधरी, भवानी राणा लगायत २५ जना उद्योग व्यवसायीहरु सम्मानित भएका छन् ।

Advertisement
Advertisement

सम्मानित व्यक्तिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र सम्मान पत्रसहितले सम्मान गरेका छन् । साथै, सीआईपीद्धारा सम्मानित व्यक्तित्वहरुले राष्ट्रिय स्तरको बैठक तथा छलफलमा अग्राधिकार पाउनुका साथै देश विदेशमा हुने मेला तथा छलफल समेत सहभागिताको प्राथमिकता पाउने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए । यसका अतिरिक्त सम्मानित व्यक्तित्वहरुले त्रिभुवन विमानस्थलको अन्तराष्ट्रियतर्फ आईसीपी लाउन्ज र आन्तरिकमा भीआईपी लाउन्ज समेत प्रयोगको अवसर पाउने अर्यालले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार