काठमाडौं । बीमा क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाइरहेको युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ चयन भएका छन् ।
देशको अर्थतन्त्र बुझेका श्रेष्ठ नेपालको निजी क्षेत्रको खम्बा मानिन्छन् । युनाइटेड इन्स्योरेन्सका संस्थापक शेयरधनी रहेका श्रेष्ठ एनई गु्रपका अध्यक्ष समेत हुन् ।
बिमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम माघ ९ गते अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् ।
अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताएका छन् । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका भएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बिमा कम्पनीका रूपमा स्थापित गर्नुहुने विश्वास गरिएको छ ।
साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन् ।