free website hit counter

उपत्यकामा संक्रमितको संख्या ५३६ पुग्यो

beemaadmin
२०७७ श्रावण १५, बिहीबार

काठमाडौं । लकडाउनको घोषित रुपमै अन्त्य गर्दै सार्वजनिक छोटो दुरीका यातायातका साधनलाई समेत सहज वातावरण बनाइएकै बेला राजधानी काठमाडौं कोरोना संक्रमणको केन्द्र बन्न थालेको छ । अन्य स्थानको तुलनामा अहिले राजधानीमा संक्रमित धेरै देखिन थालेका छन् ।
बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्लामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ४५ जनामा संक्रमण देखिएको हो । बिहीबार थपिएका ४५ जनासहित उपत्यकामा संक्रमितको संख्या ५३६ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ३९१ ललितपुरमा ९२ र भक्तपुरमा ५३ पुगेकोछ । बुधबार देशभर २७४ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ५४७ पुगेको छ । बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार