काठमाडाैं । उपभोक्ता अधिकारकर्मी एवं कानुन व्यवसायी ज्योति बानिया अन्तर्राष्ट्रिय संस्थाको जिम्मेवार पदमा मनोनित भएका छन् । लामो समय कानुन व्यवसाय र उपभोक्ताको हक अधिकारका क्षेत्रमा सक्रिय उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँलाई UNDP द्वारा Sustainable Development Goals ( SDG )को Responsible Supplies platfrom को Chairperson मा मनोनयन गरिएकाे हाे । उपभाेक्ता हक अधिकारकाे क्षेत्रमा काम गरेबापत युएनडीपीले साे जिम्मेवारी दिएकाे बुझिएको छ ।