free website hit counter

एक हजारभन्दा बढी निर्माणकर्मीको शिवम् सिमेन्टले गरिदियो बीमा

beemaadmin
२०७८ पुष १२, सोमबार

काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का एक हजारभन्दा बढी निर्माणकर्मीलाई पाँच लाख रुपैयाँ बराबरको बीमा गरिदिएको छ । प्रदेशको १२ स्थानमा निर्माणकर्मीहरूसँग प्राविधिक अन्तरक्रिया पनि गरेको सो कम्पनीले जानकारी दिएको छ ।
मर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूलाई बीमा पोलिसी हस्तान्तरण गरेको हो ।
शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरूमा हालसम्म २५ सयभन्दा बढी निर्माणकर्मीहरूलाई परामर्श र पाँच लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपलब्ध गराएको जनाएको छ । अन्तरक्रिया कार्यक्रमहरूमा निर्माणकर्मीहरूलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्या समाधान उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको हो ।
शिवम् सिमेन्टका उत्पादनहरूलाई सरकारले नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ यूआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्रदान गरेको छ ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार