एजेन्सी । १०० जना यात्रु बोकेको बेक एयरको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको बताइएको छ । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त बनेको एजेन्सीहरुले बताएका छन् ।
अहिले पनि उद्धारकर्ताहरु दुर्घटनास्थलमा रहेको र उद्दार कार्यमा जुटिरहेका छन् । उद्धारकर्ताहरुले केहीको जिवितै उद्धार गरेको बताइएको छ । विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो । विमानस्थलले विमानमा ९५ यात्रु र ५ चालक दलका सदस्य रहेको बताएको छ । विमान दुई तले भवनमा ठोक्किँदै खसेको बताइन्छ ।
अक्सर विमान दुर्घटनापछि विमानमा आगो लाग्ने गरेको भए पनि यो घटनामा भने विमानमा आगो नलागेको एजेन्सीहरुले बताएका छन् । घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी नै छ ।