free website hit counter

एकै सातामा घट्यो सुन तोलामा ६ हजार २००

beemaadmin
२०८२ बैशाख २०, शनिबार

काठमाडौं । आफ्नै रेकर्ड ब्रेक गर्दै मूल्य बढिरहेको सुनको मूल्यमा यो साता भने कमी आएको छ । नेपाली बजारमा यस साता सुनको मूल्य उच्च दरमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघले निर्धारण गरेको मूल्य अनुसार, यस साता सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँ घटेको छ। साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार वार्तामा प्रगति भइरहेको बताएसँगै व्यापार सुधारको संकेत देखिएकोले सुनको मूल्य घटेको विश्लेषकहरुको भनाइ छ। यस साता चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो। यस साता चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार