free website hit counter

एनएमबि बैंकले पनि घटायो ब्याजदर

beemaadmin
२०८० मंसिर २५, सोमबार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। नयाँ सुचना अनुसार बैंकले ब्याजदर घटाएको छ। बैंकको घटेको ब्याजदर मंसिर २५ गते देखि लागु हुनेछ। बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो। त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।

सम्बन्धित समाचार