काठमाडौं । एनएमबि बैङ्कले भ्यालेन्टाइन्स सप्ताहको अवसरमा विशेष अफर ल्याएको छ ।
अफरअन्तर्गत एनएमबि बैङ्कको भिसा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुट पाइने बैङ्कले जनाएको छ ।
यसका लागि बैङ्कले विभिन्न रेस्टुरेन्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैङ्कले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।