free website hit counter

एनएलजीको बीमाशुल्क झण्डै पौने २ अर्ब, नाफा पनि बढ्यो

beemaadmin
२०७७ श्रावण २९, बिहीबार

काठमाडौं । गत आर्थिकवर्षका चौथो त्रैमाससम्ममा एनएलजी इन्स्योरेन्सले १ अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफलल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ४ दशमलव १७ प्रतिशतले बढेको छ ।

यसैगरी कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा सामान्य सुधार देखिएको इन्स्योरेन्सको व्यवस्थापन खर्च र खुद बीमा दाबी भुक्तानीको आकार घटेको छ । कम्पनीले ५ हजार ४६५ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ८६२ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।
समिक्षा अवधिमा कम्पनीले २० करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ३४ प्रतिशतले बढेको छ । १ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ८९ लाख रुपैयाँ संचित रहेको छ ।

सम्बन्धित समाचार