काठमाण्डौ । एलआइसी नेपालको नेतृत्व सम्हाल्न एलआइसी इण्डियाले प्रणय कुमारलाई पठाउने भएको छ । भारतीय संयुक्त लगानीको जीवन बीमा कम्पनी एलआईसी नेपालका वर्तमान् प्रमुख कार्यकारी अधिकृत एलपि दासको कार्यकाल सकिएकाले प्रणय कुमारलाई आगामी तीन वर्षे कार्यकालका लागी पठाउन लागेको हो । प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रस्तावित प्रणय कुमार एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर ९वरिष्ठ विभागीय प्रबन्धक० हुन् । एलआइसी इण्डियाले प्रवर्द्धक समूहको तर्फबाट संचालक समितिमा आफ्नो प्रतिनिधित्व गराउँदा प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हाल्ने गरी संचालक समितिको सदस्य पदमा नियुक्त गरेर प्रतिनिधि पठाउँछ। वर्तमान् प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास पहिलो पटक ३ वर्षे कार्यकालका लागी जनवरी २०१९ मा नियुक्त भएका थिए । उनको पहिलो कार्यकाल पुरा भएपनि नयाँ संचालक नियुक्तिमा ढिलाई भएपछि ६ महिनाका लागी कार्यकाल थप गरिएको थियो ।